anmol jasita

‘पशुपति प्रसाद’ जस्तै मन छुने बनेको छ, ‘आमा’ – दीपेन्द्र के खनाल

‘पशुपति प्रसाद’ जस्तै मन छुने बनेको छ, ‘आमा’ – दीपेन्द्र के खनाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ९ गते रिलिज हुने सिनेमा ‘आमा’को ट्रेलर रिलिज पश्चात हाइप चुलिएको छ । युट्युबमा ट्रेलरलाई साढे ९ लाख बढी पटक हेरिएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको सिनेमाले यसपटक मन जित्नेमा दर्शक आशावादी छन् ।

जब कुनै पनि कुरामा आशा बढ्न थाल्छ, त्यहाँ निराशाको डर पनि निम्तिन्छ । निर्देशक खनालको एक दशक लामो करिअरमा ‘पशुपति प्रसाद’ले उचाइमा पुर्याएको थियो । यो सिनेमाबाट दीपेन्द्रले नाम र दाम दुवै कमाए ।

खनालका प्रत्येक सिनेमा रिलिज हुँदा दर्शकमा एक किसिमको आशा हुन्छ । त्यसपछि रिलिज भएका ‘चपली हाइट २’, ‘लभ लभ लभ’, ‘धनपति’ र ‘चंगाचेट’ले दर्शकमा ‘पशुपति प्रसाद’को जस्तो छाप छोड्न सकेनन् ।

‘आमा’को ट्रेलर प्रतिक्रियाले खनाललाई ‘पशुपति प्रसाद’ सफलताको समयसँग जोडेको छ । उनी भन्छन, ‘पशुपति प्रसाद पछाडी दर्शकले सकारात्मक प्रतिक्रिया दिएको ‘आमा’मा हो । त्यसैले यसपटक चुनौती महसुस भएको छ ।’

‘आमा’लाई लिएर दर्शकले जुन किसिमको आशा बोक्नु भएको त्यसलाई सिनेमाले मर्न नदिने खनाल बताउछन । ‘जहिले पनि दर्शकले ‘पशुपति प्रसाद’ जस्तै मन छुने, सोच्न बाध्य बनाउने, दुई-तीन दिनसम्म सुत्नै नदिने सिनेमा कहिले लिएर आउनुहुन्छ भन्ने प्रश्न गरिरहनु हुन्छ । त्यस प्रश्नको उत्तर ‘आमा’ले दिन्छ जस्तो लाग्छ । यसपटक वास्तविकतासँग जोडिएर मन छुने सिनेमा बनाएको छु । आम दर्शकको कथा हो ‘आमा’ । यसमा परिवारको लागि ‘आमा’ले कतिसम्म त्याग गर्न सक्छ भन्ने कुरा राम्रो ढंगबाट पस्किने जमर्को गरेको छ । आशा छ, दर्शकलाई मन पर्नेछ ।

सिनेमाको शिर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री मिथिला शर्माले ‘आमा’ आफ्नो करिअरको दोस्रो टर्निङ पोइन्ट बन्नेमा आशावादी छिन् । ‘मेरो जीवनको पहिलो टर्निङ पोइन्ट २०५० सालको सिनेमा ‘दिदी’ थियो । त्यसपछि मेरो परिचय नै ‘दिदी’ बन्यो । करिब २६ वर्षपछि ‘आमा’ले मेरो अर्को परिचय थपिदिनेमा ढुक्क छु । करिअरमा ‘आमा’ जस्तो सिनेमा पाउनु मेरो सौभाग्य पनि हो ।’

मिथिलाका अनुसार उनलाई ‘आमा’को ट्रेलर रिलिज भएपछी धेरै ‘आमा’ सम्बोधन गरेको पनि बताउछिन ।

निर्देशक खनालकै कथा, पटकथा, संवाद र छायांकन रहेको सिनेमामा मिथिलाका अलावा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ । सिनेमाको निर्माण शर्मिला पाण्डेले गरेकी हुन् ।