anmol jasita

‘सेन्टी भाइरस’ जस्तो भएपनि, यसको उद्येश्य बृहत छ – ओलम्पियन दीपक बिष्ट

‘सेन्टी भाइरस’ जस्तो भएपनि, यसको उद्येश्य बृहत छ – ओलम्पियन दीपक बिष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राजधानीको शंखमुलमा अवस्थित अवारनेस इन्टरनेशनल एकेडेमी ‘एआइए’ले रकम सहयोग गरेको छ ।

स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च जम्मा गरेर रंगशाला निर्माणका निमित्त ३ लाख ४० हजार २०० रुपैयाँ सहयोग गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) उपस्थित थिए ।

सयौँ विद्यार्थीको बीचमा धुर्मुस-सुन्तलीले फागुन ९ गते रिलिज हुने सिनेमा ‘सेन्टी भाइरस’ हेर्न आग्रह गरे । ‘तपाइँले सिनेमा हेर्दा खर्चिएको आधा रकम रंगशाला निर्माणका निमित्त खर्च हुनेछ । त्यसैले सबैजना महाशिवरात्रीको अवसरमा ‘सेन्टी भाइरस’ हेर्न जाऔँ ।’ धुर्मुसले भने ।

यस्तै सुन्तलीले रंगशाला निर्माणमा ‘एआइए’ले गरेको सहयोग महत्वपूर्ण रहेको बताइन । ‘महान अभियानमा हातेमालो गर्दिनु भएकोमा धन्यवाद । र आफुले सहयोग गरेको रकम कसरी खर्च भैरहेको छ, हेर्न एकपटक चितवन पुगीदिनु होला । सुन्तलीले आग्रह गरिन ।

कार्यक्रममा उपस्थित भएका ओलम्पियन तेक्वान्दो खेलाडी दीपक बिष्टले ‘सेन्टी भाइरस’ हेरिदिन आग्रह गरे । ‘सिनेमा जस्तो सुकै बनोस, तर यसको उद्येश्य बृहत छ । हामीले धुर्मुस-सुन्तलीको उद्येश्य सफल बनाउन भएपनि सिनेमा हेर्नैपर्छ । मैले त सम्पूर्ण खेलाडीहरुलाई लिएर हल जाँदैछु । आशा छ तपाइँहरुले पनि सिनेमा हेर्नु हुनेछ ।’ दीपकले भने ।

रामबाबु गुरुङले निर्देशन गरेको कमेडी सिनेमामा धुर्मुस-सुन्तलीका आलावा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय छ ।

कुमार कट्टेल र दीपक आचार्यले सिनेमाको लागि देशकै राजनीतिक अवस्थालाई पटकथामा उतारेका छन् । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको मन जितिसकेको छ । फागुन ९ गते महाशिवरात्रीको अवसरमा सिनेमा अलनेपाल रिलिज हुँदैछ ।