anmol jasita

अनाथ बालबालिकाले मन पराएँ ‘लभ डायरिज’

अनाथ बालबालिकाले मन पराएँ ‘लभ डायरिज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भोली शुक्रबारदेखि सिनेमा ‘लभ डायरिज’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दैछ । यसै बीच त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमा अनाथ बालबालिकाले हेरेका छन् ।

डेब्यु अभिनेत्री रुबिना थापा र उनका पिता महेश श्रेष्ठको पहलमा ललितपुरमा अवस्थित मैत्री नेपाल संस्थाका अनाथ बालबालिकालाई सिनेमा देखाइएको हो । ‘लभ डायरिज’ हेरिसकेपछि बालबालिकाले सिनेमा मन परेको प्रतिक्रिया दिए ।

सिनेमाले दर्शकलाई भावुक बनाएको भन्दै अभिनेत्री थापाले भनिन् ‘माया बाँडे बढ्छ, खुशी साटे दुख घट्छ, बालबालिकाको मानसिक विकासको लागी पुस्तक अनि शिक्षाको जति योगदान हुन्छ, त्यति नै योगदान फिल्म र मनोरञ्जनको हुन्छ ।’

बालबालिकासँग सिनेमा हेर्न कुमारी हल परिसरमा रुबिनासँगै कलाकार सुशील श्रेष्ठ, विश्वजित रिमाल र निर्देशक सौरभ चौधरी पनि उपस्थित भएका थिए ।

मधु बास्तोलाले लेखेको कथामा विनोद सापकोटाले लगानी गरेका छन् ।