anmol jasita

बक्सअफिसमा ‘सेन्टी भाइरस’ र ‘आमा’

बक्सअफिसमा ‘सेन्टी भाइरस’ र ‘आमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – महाशिवरात्रीको अवसर पारेर आजदेखि दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ र रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’ बक्सअफिसमा उत्रिएका हुन् ।

देशभरका शो र हल संख्या हेर्दा दुवै सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान छ । त्यसैमा शुक्रबार परेको महाशिवरात्रीको विदा र शनिबारको विदाले दुवै सिनेमालाई फाइदा पुग्नेछ ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेसँगै थुप्रै कलाकारको अभिनय छ ।

देशको राजनीतिक विकृतिको कथा कुमार कट्टेल र दीपक आचार्य लेखेका हुन् । सिनेमाले लगानी उठाएर कमाएको नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिनेछ ।

यस्तै आमाको कथा भन्ने ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ । सिनेमाको कथा, पटकथा र छायांकन पनि निर्देशक खनालकै हो ।