अमरदीपको ‘प्रेम पूजा’ घोषणा, दशैँमा रिलिज

अमरदीपको ‘प्रेम पूजा’ घोषणा, दशैँमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक अमरदीप सापकोटाले सिनेमा ‘प्रेम पूजा’ निर्देशन गर्ने भएका छन् । सिनेमाको फस्टलुक रिलिज गर्दै निर्माण पक्षले ‘प्रेम पूजा’ घोषणा गरेको हो ।

सन् २०१७ को निर्देशकीय डेब्यु सिनेमा ‘कारखाना’ पछाडी सापकोटाको यो पहिलो सिनेमा हो । सिनेमाको पोस्टरमा एक युवा कलाकार फिचर्ड छन् । तर, उनलाई ठम्याउन गाहो पर्छ ।

कास्टिङ र प्राविधिक छनोट चरणमा रहेको सिनेमाका लेखक अभिमन्यु निरवी हुन् । उनि ‘छक्का पन्जा’ सिरिजका लेखक पनि हुन् । बैशाख पहिलो साताबाट छायांकन सुरु हुने सिनेमामा नयाँ र पुराना कलाकारको समिश्रण रहनेछ । नयाँ कलाकारको अडिसन हुनेछ ।

इन्टरटेनमेन्ट वर्ल्डवाइड प्रालिको व्यानरले निर्माण गर्ने सिनेमालाई काठमाडौँ, चितवन र भारतको बनारसमा खिचिनेछ । सस्पेन्स जनराको सिनेमा आगामी वर्षको विजय दशमीमा रिलिज हुनेछ ।