‘आमा’लाई उम्दा प्रतिक्रिया, रुँदै निस्किए दर्शक

‘आमा’लाई उम्दा प्रतिक्रिया, रुँदै निस्किए दर्शक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि रिलिज भएको सिनेमा ‘आमा’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाको दर्शक प्रतिक्रिया अझ राम्रो छ । शुक्रबार र शनिबार सिनेमा हेरेका दर्शकले ‘आमा’लाई ‘मास्टर पिस’ भनेका छन् ।


बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको ‘सेन्टी भाइरस’संगको प्रतिस्पर्धाका वावजुत सिनेमाको गरेको व्यापारलाई राम्रो भन्न सकिन्छ ।

दर्शकले सिनेमाको कथाबस्तु, कलाकारको अभिनय, निर्देशकको क्षमता, पटकथाको उच्च प्रशंसा गरेका छन् । सिनेमा हेर्न ‘आमा-छोरा’ र ‘आमा-छोरी’को उपस्थिति बलियो देखिएको छ । सिनेमा हेर्ने अधिकांसले आफु हल भित्र रोएको बताएका छन् ।

दर्शकको उत्कृष्ट प्रतिक्रिया निर्देशक खनाल सन्तुष्ट देखिएका छन् । ‘मैले जे कुरा सोचेर चलचित्र बनाएको थिएँ, दर्शकलाई ती कुराले कनेक्ट गरेको भएँ । कतिपय मैले भावमा भन्न खोजेका कुरालाई पनि दर्शकले राम्रोसँग वुझ्नुभएको छ ।’

यस्तै अभिनेत्री सुरक्षा पन्तले सिनेमाले दर्शक बाँधेकोले खुसि मिलेको बताइन । निर्मात्री शर्मिला पाण्डेले आफ्नो करिअरमा ‘आमा’ जस्तो सिनेमा बनाउन नसक्ने दावी गरिन ।

सिनेमालाई समिक्षकले पनि राम्रो भनेका कारण आगामी दिनको व्यापारमा ‘वर्ड अफ माउथ’ले सकारात्मक भूमिका खेल्ने अनुमान गरिएको छ ।