‘पर्खी बसे फर्की आउँछु’मा प्रेम परियारको आवाज

‘पर्खी बसे फर्की आउँछु’मा प्रेम परियारको आवाज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गायक प्रेम परियारले आफ्नो डेब्यु सिनेमा ‘पर्खी बसे फर्की आउँछु’को गीत गाएका छन् । ‘नाइँ नभन्नु ल २’को गीत गाएर लोकप्रिय बनेका गायक परियारले पार्श्वगायनबाट केहि समय ब्रेक लिएका थिए ।

सिनेमा ‘पर्खी बसे फर्की आउँछु’बाट अभिनयमा डेब्यु गर्ने क्रममा परियारले गायनमा पनि कमब्याक गरेका हुन् ।

सिनेमाको शिर्ष गीतमा उनिसँगै सवनम आचार्यले स्वर दिएका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा सुन्दर पन्तको शब्द रचना छ ।

पश्चिम नेपालको दाङसँगै काठमाडौँमा छायांकन गरिएको लभस्टोरी सिनेमालाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । सिनेमामा प्रेमसँगै समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बिसीलगायतका कलाकारको अभिनय छ ।

अपाङ्ग युवतीको रहर र जीवन संघर्षको कथा भन्ने सिनेमालाई यमकान्त भण्डारीले निर्माण गरेका हुन् । रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता खेमराज विक हुन् ।

बसन्त सापकोटा, एलिश कार्की, कृष्ण भारद्वाज र कर्साङ लामाको संगीत रहेको सिनेमामा एकराज थापाको सह-लगानी छ ।