सेलेब्रेटी शोमा ‘आमा’ प्रतिक्रिया, निर शाहले भने ‘एउटा क्लासिक सिनेमा’

सेलेब्रेटी शोमा ‘आमा’ प्रतिक्रिया, निर शाहले भने ‘एउटा क्लासिक सिनेमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि हलमा रिलिज भएको सिनेमा ‘आमा’को राजधानीमा सेलेब्रेटी शो सम्पन्न भएको छ । केहि सेलेब्रेटी र पत्रकारहरु उपस्थिति रहेको शोमा सम्पूर्णका आँखा रसाए ।

दीपेन्द्र के खनाल निर्देशित सिनेमालाई सबैले उत्कृष्ट भने । मिडियामा प्रतिक्रिया दिने क्रममा अभिनेत्री ऋचा शर्मा, संचारकर्मी रवि लामिछाने, निर्देशक खनालकी आमालगायत भक्कानिए । महिना अगाडी मात्र आमा गुमाएकी ऋचा मिडियासँग बोल्न सकिनन् ।

रवि लामिछानेले ‘आमा’मा आफ्नै कथा पाएको बताए । ‘म पनि विदेश पुगेको महिना दिनमै आमा गुमाएँ । म आमाको अन्तिम घडीमा उहाँको साथ्मा हुन् पाइन् ।’ भक्कानिदै उनले अगाडी भने ‘आमा हामी सबैको अर्ग्यानिक कथा हो ।  कलाकारको काम उत्कृष्ट छ । निर्देशकले कुनै कम्परमाइज गर्नु भएको छैन । उहाँ जी एउटा सिरियस मेकर हो ।’

यस्तै वरिष्ठ कलाकार निर शाहले ‘आमा’ निर्देशकको इमान्दार प्रस्तुति रहेको बताए । ‘निर्देशक जे देखाउन खोज्नु भएको हो त्यो इमान्दारी पुर्वक देखाउनु भएको छ । जीवन आमा होइन भन्ठान्नेका लागि बेग्लै अर्को दुनियाँ होला । त्यसमा रमाउन अल्लादित हुनुहुन्छ होला । तर, जीवन आमाको हो भन्नेहरुका लागि यो एउटा क्लासिक सिनेमा बनेको छ । र यसले नेपाली चलचित्र उद्योगलाई अझ अगाडी बढाएको छ । निर्देशक आफ्नो कर्ममा शतप्रतिशत सक्सेसफुल हुनुहुन्छ ।’ बधाई छ दीपेन्द्रलाई ।

शोमा अन्य सेलेब्सले मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरीको अभिनयको मुक्तकण्ठाले प्रशंसा गरे । भने, निर्देशक खनाललाई बधाई दिए ।

सुरुवाती दिनमा बक्सअफिसमा सुखद सुरुवात गरेको सिनेमाले ‘वर्ड अफ माउथ’का कारण दर्शक संख्या बढाइरहेको छ । दोस्रो सातामा पनि सिनेमाले राम्रो होल्ड गर्ने अनुमान गरिएको छ ।

सम्पूर्ण ‘आमा’हरुको कथा भन्ने सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी लगायतका कलाकारको अभिनय छ । सिनेमाको निर्माण शर्मिला पाण्डेले गरेकी हुन् ।