रेखाको सिनेमामा प्रचण्ड नातिनी स्मिताको आवाज रेकर्ड

रेखाको सिनेमामा प्रचण्ड नातिनी स्मिताको आवाज रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री रेखा थापाको अनटाइटल प्रोजेक्टको लागि गायिका स्मिता दाहालले आवाज रेकर्ड गराएकी छन् । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीका पछिल्ला गीत ‘मायालु तिमि कता छौँ’ र ‘कल्लाई थाहा छैन’ हिट छन् ।

बाह्र वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी स्मिताको ‘मायालु तिमि कता छौँ’ले मन जितेपछि रेखाले आफ्नो सिनेमासँग उनलाई आवद्द गरेकी हुन् । बसन्त सापकोटाको संगीतमा स्मितासँगै गायक प्रताप दासले पनि आवाज रेकर्ड गराइसकेका छन् ।

स्मिताको गीतलाई लिएर रेखा निक्कै उत्साहित देखिएकी छन् । ‘रेखा थापासँगको सहकार्यमा जसरी ‘सिम्पल सिम्पल कान्छी’ र ‘स्लोली स्लोली’ सफल भएका थिए । त्यस्तै सफलता यस गीतले पनि पाउने विश्वास लिएको छु ।’ संगीतकार सापकोटाले भने ।

बैशाखदेखि छायांकन सुरु हुने सिनेमामा रेखासँगै दयाहाङ र सौगात मल्लको मुख्य भूमिका रहनेछ । ठुलो पर्दामा यी तीन कलाकारको सहकार्य पहिलो पटक हुँदैछ । तिहारमा रिलिज हुने सिनेमालाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन् ।