रिक्सा चालक मजदुरलाई ‘धुलो’ टिमको सम्मान

रिक्सा चालक मजदुरलाई ‘धुलो’ टिमको सम्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भोली शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा ‘धुलो’ युनिटले राजधानीका दुई जना रिक्सा चालकलाई सम्मान तथा सहयोग गरेको छ । ठमेल र क्षेत्रपाटी क्षेत्रमा विगत चार दशकदेखि रिक्सा चलाइरहेका हिरालाल तामाङ र रिक्सा चालकको रुपमा दुई दशक विताएका बलबहादुर श्रेष्ठलाई निर्माण पक्षले सम्मान गरेको हो ।

कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोका र ‘धुलो’ निर्देशक प्रधुम्ना मिश्रले हिरालाल र बलबहादुरलाई सम्मान गरेका थिए । उक्त कार्यक्रममा सिनेमाको तर्फबाट रिक्सा चालक मजदुरका दुई जना छोराछोरीलाई नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रका लागि छात्रवृतिको पनि घोषणा गरियो ।

कार्यक्रममा ‘धुलो’ ले गरेको समाजीक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रसंसा गरेका थिए ।

करिब सय जना रिक्सा चालकलाई ‘धुलो’ अंकित ज्याकेट प्रदान गरेपछि सिनेमाको टिम र उपस्थित अतिथिले रिक्सा चढेर क्षेत्रपाटी परिक्रमा गरेका थिए ।

रिक्सा चालक मजदुरको कथा भन्ने सिनेमामा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रधुम्ना मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतकाको अभिनय छ । भने, नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।

दीपा धरेल प्रस्तुतकर्ता रहेको सिनेमालाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । रविन आचार्यले खिचेको सिनेमामा शंकर थापा/जुगल डंगोलको संगीत, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।

Trailer Watch Here:-