सुदर्शनले विद्यार्थी सामु भने ‘जीवनमा पढाईसँगै मनोरंजन पनि आवश्यक छ’

सुदर्शनले विद्यार्थी सामु भने ‘जीवनमा पढाईसँगै मनोरंजन पनि आवश्यक छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ३० गते रिलिज हुने सिनेमा ‘म यस्तो गीत गाउँछु २’ अहिले चर्चामा छ । सिनेमाका गीत र ट्रेलरले एक किसिमको हाइप निर्माण गरिसकेका छन् ।

त्यसैले रिलिजको मिति नजिकिदै गर्दा निर्माण पक्ष प्रचारमा दौडधुप गरिरहेको छ । विहिबार सिनेमाका निर्देशक सुदर्शन थापा, कलाकार पूजा शर्मा र पल शाहले राजधानीमा अवस्थित ब्रिलियन्ट कलेज विद्यार्थीसँग अन्तरक्रिया गरे ।

निर्देशक थापाले मानिसको जीवनमा पढाईसँगै मनोरंजन पनि उत्तिकै आवश्यक रहेको भन्दै फागुन ३० गते ‘म यस्तो गीत गाउँछु २’ हेरिदिन आग्रह गरे । यस्तै अभिनेता पलले बर्सौ पनि कलेज छिर्दा आफ्नो कलेज लाइफको स्मरण गरे ।

उता अभिनेत्री पूजाले विद्यार्थी माझ कलेजका केहि किस्सा सुनाइन । ‘कलेज लाइफमा म पनि बदमास थिएँ । तर, कुन बाटोमा लाग्ने भन्ने उमेर नै यही हो । पढाइसँगै मनोरञ्जन पनि गर्नुहोला ।’ पूजाले भनिन् ।

ब्रिलियन्ट कलेजले तीनै जनालाई भव्य स्वागत गरेको थियो । स्टेज चढेपछि पल र पूजाले सिनेमा गीत ‘तिम्रो घरको वरिपरी’ नृत्य गरेका थिए । यस्तै कलेजका विद्यार्थीले पनि आफ्नो तर्फबाट प्रस्तुति दिएका थिए ।

म्युजिकल लभस्टोरी ‘म यस्तो गीत गाउँछु २’मा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेले सिनेमाको पटकथा लेखेका हुन् । सुदर्शन थापा कै कथा रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।