‘प्रेमगीत ३’ विदेश राइट्स: गल्फको लागि १२ लाख एमजी

‘प्रेमगीत ३’ विदेश राइट्स: गल्फको लागि १२ लाख एमजी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २८ गते रिलिज हुने सिनेमा ‘प्रेमगीत ३’को विदेश राइट्स लगालग विक्री भैरहेको छ । साता अगाडी मात्रै नर्थ अमेरिका र युरोप राइट्स विक्री भैसकेको सिनेमा गल्फमा पनि विक्री भएको छ ।

सिनेमाका निर्माता/निर्देशक तथा कलाकार सन्तोष सेनले गल्फका कतार, कुवेत, युएई, ओमान, साउदी अरेबिया र बहराइनको लागि १२ लाखमा सिनेमाको एमजी अधिकार रमेश ढकालले खरिद गरेको बताए । त्यहाँबाट सिनेमाले राइट्सको रकम उठायो भने मुनाफा ५० प्रतिशतको दरले दुई पक्षिय बाँडफाँड हुनेछ ।

सिनेमाले यसअघि अमेरिका र युरोप राइट्सबाट ८१ लाख रकम सुरक्षित गरिसकेको छ । गल्फको राइट्स विक्री भएसँगै सिनेमाले रिलिज अगावै ९३ लाख उठाइसकेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्कासँग डेब्यु गर्ल कृष्टिना गुरुङले जोडी बाँधेकी छन् ।

सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् ।

‘प्रेमगीत ३’ विदेश राइट्स: युरोपका ८ देशको लागि ३० लाखमा विक्री

‘प्रेमगीत ३’ विदेश राइट: तीन देशका लागि ५१ लाखमा विक्री