‘धुलो’ सोलो रिलिज, दोस्रो सातामा ‘सेन्टी भाइरस’ र ‘आमा’

‘धुलो’ सोलो रिलिज, दोस्रो सातामा ‘सेन्टी भाइरस’ र ‘आमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज शुक्रबारदेखि एक मात्र नेपाली सिनेमा ‘धुलो’ प्रदर्शनमा आएको छ । साथै, अघिल्लो शुक्रबार रिलिज भएका ‘सेन्टी भाइरस’ र ‘आमा’ले सफलताको दोस्रो साता तय गरेका छन् ।

रिक्सा चालक मजदुरको कथा भन्ने ‘धुलो’लाई प्रधुम्ना मिश्रले निर्देशन गरेका हुन् । सिनेमामा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रधुम्ना मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतकाको अभिनय छ । भने, नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।

दीपा धरेल प्रस्तुतकर्ता रहेको सिनेमालाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् ।

अघिल्लो शुक्रबार रिलिज भएका ‘सेन्टी भाइरस’ र ‘आमा’ बक्सअफिसमा छाइरहेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ बिभिन्न संघसंस्था, विद्यालय र व्यक्ति विशेष हल नै बूक गरेर ‘सेन्टी भाइरस’ हेरिदिदा विकडेजमा पनि सिनेमाको व्यापार राम्रो रह्यो ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले पहिलो विकेन्डमै ३ करोड माथिको व्यापार गरेको थियो । धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमामा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्दि तामाङ, सन्दीप क्षेत्रीलगायतका कलाकारको मुख्य भूमिका छ ।

यस्तै समिक्षक र दर्शकको नजरमा खरो उत्रिएको ‘आमा’ बक्सअफिसमा ठिक-ठाक चलिरहेको छ । सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो भएकाले दोस्रो सातामा पनि सिनेमाको व्यापार राम्रो हुने अनुमान छ ।

दीपेन्द्र के खनाल निर्देशित सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी र देशभक्त खनालको मुख्य भूमिका छ ।