अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ फ्लोरमा, नेपालसँगै विदेशमा छायांकन

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ फ्लोरमा, नेपालसँगै विदेशमा छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने सिनेमा ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ । शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै सिनेमाको शुभसाइत गरियो ।

शुभसाइतमा  अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापासहित सिनेमाको टिम नै उपस्थित थियो । पूजा गरिसकेपछि सिनेमाको छायांकन पनि सुरु गरिएको छ ।

काठमाडौँमा केहि दृश्य खिचेर युनिट आजै पोखरा हानिदैछ । पोखरामा १० र काठमाडौँ/ललितपुरमा सिनेमाको ३० दिने छायांकन सेड्युल तय गरिएको छ । यस्तै अमेरिका, युरोप र ओमानमा सिनेमाको गीत खिचिनेछ ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमा आगामी वर्षको फूलपातीमा रिलिज हुँदैछ ।

झरनाकै निर्देशनमा बनेका ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट भएका थिए । त्यसैले ‘ए मेरो हजुर ४’ले पनि त्यस्तै सफलता पाउने आशा गरिएको छ । सिनेमामा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँध्दैछन् ।  ‘ए मेरो हजुर ३’मा यस जोडीलाई अत्याधिक रुचाइएको थियो ।