दयाहाङ र मिरुनाको ‘जारी’ फस्टलुक, जेठमा प्रदर्शन तय

दयाहाङ र मिरुनाको ‘जारी’ फस्टलुक, जेठमा प्रदर्शन तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई र मिरुना मगर अभिनित सिनेमा ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार सिनेमाले मगर जातिको ‘जारी’ प्रथाको कथा उठाएको छ ।

पोस्टरमा मध्य पहाडी पृष्ठभूमि छ । दयाहाङ र मिरुना विवाहित दम्पतिको भूमिकामा छन् । निर्देशक रामबाबु गुरुङले निर्माण गरेको सिनेमा जेठ २३ मा रिलिज हुनेछ ।

सुरेश मियोङ लिम्बुको कथा कन्सेप्टमा दयाहाङ र मिरुनाका अलावा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारको अभिनय छ ।

शैलेन्द्र ध्वज कार्कीले खिचेको सिनेमामा झुमा लिम्बु/संगम पन्तको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।