रमेश बुढाथोकीको ‘सुदुर’मा भित्रिए प्रविण र विजय

रमेश बुढाथोकीको ‘सुदुर’मा भित्रिए प्रविण र विजय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वरिष्ठ कलाकार रमेश बुढाथोकीले निर्देशन गर्ने सिनेमा ‘सुदुर’मा अभिनेता प्रविण खतिवडा र विजय बराल अनुबन्धित भएका छन् । दुवै कलाकारको सिनेमामा मुख्य भूमिका रहनेछ ।

सिनेमामा यसअघि अभिनेत्री वर्षा सिवाकोटी फाइनल भैसकेकी थिइन् । निर्देशक बुढाथोकीले सिनेमामा प्रविणको दोहोरो भूमिका रहने जानकारी दिए । केहि कलाकारको खोजी भैरहेको सिनेमामा बादल भट्ट पनि तय भैसकेका छन् ।

जेठ पहिलो सातासम्म सिनेमा फ्लोरमा जान सक्नेछ । वर्षा र प्रविणको वरिपरि घुम्ने सिनेमालाई सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी जिल्लामा खिचिनेछ । निर्देशक बुढाथोकी अहिले लोकेशन हन्टिङको लागि पश्चिम नेपाल पुगेका छन् ।

वि.सं. २०५१ सालमा सिनेमा ‘मोहनी’बाट निर्देशनमा डेब्यु गरेका बुढाथोकीले ‘पराई’, ‘जुनतारा’, ‘अप्सरा’, ‘फेरी तिम्रो याद आयो’, ‘लगनगाँठो’, ‘छोरो’, ‘जिद्दी’, ‘बाबु साहेब’, ‘जीवन-मृत्यु’, ‘पल’, र ‘ग्याम्बलर’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् ।

वि.सं. २०७० को ‘ग्याम्बलर’ पश्चात बुढाथोकी निर्देशनमा कमब्याक भएका हुन् । यो बीचमा उनले केहि सिनेमामा अभिनय गरेका थिए ।