एक साता पछाडी धकेलियो फुलमानको ‘नीरफुल’

एक साता पछाडी धकेलियो फुलमानको ‘नीरफुल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संचारकर्मी फुलमान वलले निर्देशन गरेको सिनेमा ‘नीरफुल’को रिलिज डेट पुन: सरेको छ । फागुन ३० मा रिलिज हुने भनिएको अब चैत ७ मा पुगेको छ ।

दयाहाङ राई स्टारर सिनेमा यसअघि भदौ र फागुन २३ मा पनि रिलिज हुने चर्चा थियो । भदौबाट सरेर सिनेमा फागुन ३० गते पुगेको थियो । फेरि पनि रिलिज परिवर्तन भएको विषयमा निर्देशक फुलमान भन्छन ‘‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो’, हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ।’

भुकम्पले बिछोडिएको परिवारको कथा भन्ने सिनेमाको ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ । सिनेमामा दयाहाङका अलावा, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ।

सिनेमाको पटकथा सचिन घिमिरे र निर्देशक वलले तयार पारेका हुन् । सचिन सिनेमामा एसोसिएट निर्देशक पनि हुन् ।

फ्रेन्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमाको कार्यकारी निर्माता सोनाम डोमा हुन् ।