कोरोनाका कारण करिश्माले होली कार्यक्रम आयोजना नगर्ने

कोरोनाका कारण करिश्माले होली कार्यक्रम आयोजना नगर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले यस वर्ष आफ्नो घरमा होली विशेष कार्यक्रम आयोजना नगर्ने भएकी छन् । अहिले विश्वमै हलचल मच्चाईरहेको कोरोना भाइरसको कारण यस वर्ष होली कार्यक्रम नगर्ने उनले स्टाटस मार्फत जानकारी दिएकी हुन् ।

File Photo

उनि फेसबुकमा लेख्छिन ‘हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दशैँ, तिहार होस या फागु , गएको साल SEE परिक्षाको कारणले मनाउन पाइएन, यो वर्ष उत्साही थिए । यो बाहानाले साथिभाइ भेटघाट हुन्छ भनेर, तर अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा यस्तो नजिकबट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउदा सहि हुन्छ । परिस्थिति सहज भएपछि त अनेकौं खुसी मनाउने नै हो । स्वास्थ रहनुस सुखी रहनुस ‘

विश्वभर फलिएको कोरोना भाइरसबाट सतर्कता अपनाउन नेपाल सरकारले मान्छेको ठुलो जमघट नगर्न आग्रह गरेको छ । त्यसैले पनि हरेक नेपाली कोरोनाबाट बच्न बिभिन्न उपाय अपनाइरहेका छन् ।

वर्षौदेखि घरमै सिनेकर्मीको लागि होली कार्यक्रम आयोजना गर्दै आएकी करिश्माले गत वर्ष ‘एसइइ’ परिक्षामा समय दिनुपर्ने भएकाले होली आयोजना गरेकी थिइनन् ।

होली खर्च स्वर्गीय केशव भट्टराईको परिवारलाई

यस वर्ष होली नहुने भएपछी करिश्माले त्यसमा हुने खर्च स्वर्गीय केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छन् । निर्देशक दीपाश्री निरौला, निर्माता विनोद मानन्धर, संचारकर्मी प्रकाश सुवेदीले भट्टराई परिवारलाई १ लाख १ सय १ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

भट्टराईको असामयिक निधनपछि उनको परिवारमा आर्थिक संकट परेको छ । त्यसयता थुप्रै सिनेकर्मीले भट्टराई परिवारलाई सक्दो सहयोग गरिरहेका छन् ।