‘प्रेम पूजा’ कास्टिङ कल: चाहियो १२ जना कलाकार

‘प्रेम पूजा’ कास्टिङ कल: चाहियो १२ जना कलाकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अमरदीप सापकोटाले निर्देशन गर्ने सिनेमा ‘प्रेम पूजा’को लागि कलाकार अडिसनको घोषणा गरिएको छ । इन्टरटेनमेन्ट वर्ल्डवाइड व्यानरले सिनेमाको लागि १२ जना कलाकार खोजेको हो ।

अडिसन दिन चाहने इच्छुकले हालसाले खिचेको तीन प्रति फोटो र बायोडाटा [email protected] मा पठाउनु पर्नेछ ।

सिनेमाको लागि १९-२५ उमेर समुहको मुख्य अभिनेत्री खोजी छ । जसको हाइट ५.४-५.६ इन्च हुनुपर्नेछ । यस्तै सहायक भूमिकाको लागि ५ जना महिला (१९-२५ उमेर समुह) र २०-३२ उमेरसम्मका ६ जना पुरुष कलाकारको आवश्यक रहेको निर्माण पक्षले बताएको छ ।

इच्छुकले नेपालसँगै संसार भरबाट अडिसनमा सहभागिता जनाउन सक्नेछन्।

महाशिवरात्रीको अवसरमा फस्टलुक सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमा निर्माणको घोषणा गरेको थियो । अनुहार लुकाएका पुरुष कलाकार चित्रित उक्त फस्टलुकले राम्रो चर्चासमेत बटुल्यो ।

फस्टलुकमा दर्शकले देखाएको उत्सुकताले सिनेमा राम्रो बनाउन दबाब बढेको र उत्कृष्ट सिनेमा बनाउन कुनै पनि कसर बाँकी नराख्ने निर्माण पक्षले बताएको छ ।

अभिमन्यु निरवीले लेखेको सिनेमा आगामी वर्षको विजया दशमीमा रिलिज हुँदैछ ।