प्रदीप स्टारर ‘प्रेमगीत ३’ टिजर रिलिज

प्रदीप स्टारर ‘प्रेमगीत ३’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप खड्का स्टारर सिनेमा ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको छ । वर्षको प्रतिक्षित मध्येको एक सिनेमाको टिजरले प्रेमभाव बोल्छ । टिजरमा न्यारेसनको काम मनोज लामाले गरेका छन् ।


उनको न्यारेसनले सिनेमाको सार बोल्छ । मुख्य पात्र प्रेम (प्रदीप) र मनिष राउत बीचको टकराव टिजरमा देख्न सकिन्छ । यहाँ निर्माण पक्षले गीत अर्थात कृष्टिना गुरुङलाई लुकाएको छ । अहिले बनिरहेका सिनेमा भन्दा यसमा क्यानभास ठुलो देखिएको छ । कलाकार शिव श्रेष्ठलाई टिजरमा एक राजाको भूमिकामा देख्न सकिन्छ ।

२ सय वर्ष अगाडीको प्रतिबन्धित प्रेमकथामा निर्माण भएको सिनेमालाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।

चैत २८ गते रिलिज हुने सिनेमामा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिषा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक गुरुङ र मन्दीप गौतमले लेखेका सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको छायांकन र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन छ ।

आसुसेन फिल्मस्को व्यानरमा निर्मित सिनेमाका निर्माता सन्तोष सेन हुन् ।