रंगशाला निर्माण अभियान: ‘सेन्टी भाइरस’ हेर्न कसले कुन हल बूक गरे ?

रंगशाला निर्माण अभियान: ‘सेन्टी भाइरस’ हेर्न कसले कुन हल बूक गरे ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका निमित्त सहयोगी हातहरु अघि बढिरहेका छन् । यसै बीच धुर्मुस-सुन्तलीले रंगशालामा सहयोग पुर्याउने हेतुले सिनेमा ‘सेन्टी भाइरस’ निर्माण गरे ।

जसको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ । अहिले यस अभियानमा थुप्रै संघसंस्था, विद्यालय र व्यक्ति विशेषले हातेमालो गरिरहेका छन् । रंगशाला सहयोगका निमित्त अहिले पनि हल बुक गरेर सिनेमाको हेर्नेको संख्या घटेको छैन ।

कसले कहाँ बुक गरेर ‘सेन्टी भाइरस’ हेरे ?

फागुन १४ गते: भि.एस. निकेतन स्कुलद्वारा कुमारी हलमा १२ बजेको शो बूक
फागुन १४ गते: सरोज सिटौलाद्वारा आइएनआइ सिनेमाजमा १.३० बजेको शो बूक

फागुन १५ गते: जेम्स स्कुलद्वारा लाबिम मलमा विहान ९ बजेका तीन शो बूक
फागुन १५ गते: ओलम्पियन दीपक विष्टद्वारा वान सिनेमाजमा १२ बजेको शो बूक
फागुन १५ गते: जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा कुमारी हलमा बेलुका ६ बजेको शो बूक
फागुन १५ गते: न्यू जेनिथ स्कुलद्वारा छायाँ सेन्टरमा १२ बजेको तीन शो बूक
फागुन १५ गते: मिट लाईफ ईन्सुरेन्सद्वारा छायाँ सेन्टरमा ३ बजेको शो बुक
फागुन १५ गते: अल्का ईन्स्टिच्युट अफ मेडिकल साईन्सद्वारा लाबिम मलमा १२.४५ बजेको शो बूक

के.एम.सि. कलेजद्वारा सिटी म्याक्स सिनेमाजमा ६ बजेको दुई शो बूक
जेम्स स्कुल, धापाखेलद्वारा विन ९.३० बजेको दुई शो बूक

फागुन १९ गते: कलेज अफ सेन्ट्रल स्टेटद्वारा सिभिल मलमा विहान ८.३० बजेको शो बूक
फागुन १९ गते: अर्थव बिजनेस कलेजद्वारा कुमारी हलमा विहान ९ बजेको शो बूक
फागुन १९ गते: नर्थ पोईन्ट एकेडेमीद्वारा आइएनआइ सिनेमाजमा ९.३० बजेको शो बूक
फागुन १९ गते: एड-सुम्मित स्कुलद्वारा आइएनआइ सिनेमाजमा १० बजेको शो बूक
फागुन १९ गते: नेक्सस इन्टरनेसनल एकेडेमीद्वारा क्युएफएक्स भक्तपुरमा ११.३० बजेको शो बूक
फागुन १९ गते: सुर्य लाइफ इन्सोरेन्सद्वारा कुमारी हलमा बेलुका ६.१५ बजेको शो बूक

फागुन २० गते: एभरेष्ट कलेज, कुलेश्वरद्वारा सिभिल मलमा विहान ८.३० बजेको शो बूक
फागुन २० गते: ज्ञानकुञ्ज आवासीय माध्यामिक विद्यालयद्वारा कुमारी हलमा १० बजेको दुई शो बूक
फागुन २० गते: कुँवरबर्ती स्कुल बुटवलद्वारा क्युएफएक्स बुटवलमा ३ बजेको शो बूक

यस्तै बधबार र विहिबारका लागि पनि राजधानीका मल्टप्लेक्समा केहि शो बूक र सोल्ड आउट भैसकेका छन् । हल नै बूक गरेर सिनेमा हेर्ने दर्शकको भिड बढेपछि सिनेमाका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले खुसि हुँदै सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।