anmol jasita

कोरोना भाइरसको प्रभाव : पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ रिलिज स्थगीत

कोरोना भाइरसको प्रभाव : पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ रिलिज स्थगीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन ३० अर्थात शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगीत गरिएको छ । अहिल विश्वभर कोरोना भाइरसको प्रभाव फैलिरहेको र यसको उच्च जोखिममा नेपाल पनि रहेका कारण सिनेमाको प्रदर्शन स्थगीत गरिएको निर्देशक सुदर्शन थापाले बताए ।

चीनबाट फैलिएको कोरोना भाइरसको त्रासका कारण शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै सिनेमा फागुन ३० गतेबाट प्रदर्शनमा नआउने जानकारी गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सिनेमाको प्रदर्शन रोकिएको विज्ञप्तीमा उल्लेख छ ।

कोरोनाबाट बच्नका लागि जिल्ला प्रशासनले आवश्यक कामबाहेक बाहिर ननिस्कन, भीड-भाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्न सूचना जारी गरेको र नेपाल चलचित्र निर्माता संघले समेत सम्भव भएसम्म छायांकन रोक्न सूचना जारी गरेको अवस्थामा कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्नका लागि सिनेमाको प्रदर्शन रोकिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

निर्माण टिमले सिनेमाको पखाई लम्बिन गएकोमा दर्शकसँग क्षमा पनि मागेको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार नेपाल सरकारको अर्को सूचना नआउँदासम्म सिनेमा प्रदर्शनमा आउने छैन । कोरोनाको त्रासले अहिले हलमा दर्शक जान डराइरहेको अवस्था छ । यसको असर व्यापारमा पुग्ने देखेर निर्देशक सुदर्शन थापाले सिनेमाको प्रदर्शन स्थगित गर्ने निर्णय लिएका हुन् ।

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको सिनेमामा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ । जन्मजय सपाङ राई सह-निर्माता रहेको सिनेमामा निर्देशक थापाको कथा, शिवम अधिकारी/दिनेश न्यौपानेको पटकथा, सौरभ लामाको छायांकन र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।