anmol jasita

फ्राईडे रिलिज : तेस्रो सातामा ‘सेन्टी भाइरस’ र ‘आमा’

फ्राईडे रिलिज : तेस्रो सातामा ‘सेन्टी भाइरस’ र ‘आमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट नेपाली सिनेमा घरमा कुनैपनि नयाँ नेपाली सिनेमा प्रदर्शन भएका छैनन् । बलिउडको ठुलो सिनेमा ‘बागी ३’ कारण पनि नेपाली सिनेमाले फागुन २३ लाई आफ्नो प्रदर्शन मिति तोक्न सकेनन् । यस्तै, आज शुक्रबारबाट फागुन ९ गतेबाट प्रदर्शनमा आएका दुई सिनेमा ‘आमा’ र ‘सेन्टी भाइरस’ तेस्रो सातामा प्रदर्शन भैरहेका छन् ।

तेस्रो सातामा ‘सेन्टी भाइरस’ र ‘आमा’ बक्सअफिसमा छाइरहेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ बिभिन्न संघसंस्था, विद्यालय र व्यक्ति विशेष हल नै बूक गरेर ‘सेन्टी भाइरस’ हेरिदिदा पनि सिनेमाको व्यापार राम्रो रह्यो ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमामा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्दि तामाङ, सन्दीप क्षेत्रीलगायतका कलाकारको मुख्य भूमिका छ ।

यस्तै, समिक्षक र दर्शकको नजरमा खरो उत्रिएको ‘आमा’ बक्सअफिसमा ठिक-ठाक चलिरहेको छ । सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो भएकाले दोस्रो सातामा पनि सिनेमाको व्यापार राम्रो हुने अनुमान छ ।दीपेन्द्र के खनाल निर्देशित सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी र देशभक्त खनालको मुख्य भूमिका छ ।