कोरोना त्रास: नेफ्टा अवार्ड आयोजना स्थगित

कोरोना त्रास: नेफ्टा अवार्ड आयोजना स्थगित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विश्वव्यापी महामारीको रुप लिँदै गएको कोरोना भाइरसको त्रास अहिले नेपालमा पनि बढिरहेको छ । नेपाल सरकारले भिडभाड हुने खालका कार्यक्रमहरु स्थगित गर्न आदेश दिएपछि त्यसको प्रत्यक्ष असर नेपाली सिनेमामा पनि परिरहेको छ ।

सिनेमासँग सम्बन्धित छायांकन र रिलिज स्थगित हुँदै गर्दा अवार्डलाई पनि कोरोनाको त्रासले छोएको छ । यसै बीच चैत २२ मा टुँडिखेलमा हुने भनिएको दशौँ ‘नेफ्टा’ अवार्ड पनि स्थगित भएको छ ।

आयोजक संस्था चलचित्र प्राविधिक संघ (नेफ्टा)’ले प्रेस विज्ञप्ति जारी गर्दै तत्काललाई पुर्वनिर्धारित मितिमा अवार्डका कुनै पनि कार्यक्रम आयोजना नहुने जानकारी गराएको छ ।

यहि फागुन २७ गते अवार्डको मनोनयन सार्वजनिक गर्ने सेड्युल पनि तत्काललाई स्थगित गरिएको छ । नेफ्टासँगै अवार्ड आयोजनामा साझेदारी गरेको ड्रिम हाइ नेपालले समारोहको तयारी अन्तिम चरणमा पुगिसकेको बताएको छ ।

पुर्वनिर्धारित मिति स्थगित भएपनि नयाँ मितिमा अवार्ड भव्य र सभ्यरुपमा आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाका कारण फागुन ३० मा रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’ र चैत ७ मा रिलिज तयारीमा रहको ‘नीरफूल’ले रिलिज स्थगित गरिसकेका छन् ।

प्रेस विज्ञप्ति:-