कोरोना त्रासमा सेलेब्रेटीको होली, यसवर्ष पारिवारिक माहोल (फोटोफिचर)

कोरोना त्रासमा सेलेब्रेटीको होली, यसवर्ष पारिवारिक माहोल (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सोमबार परेको होली देशैभर उत्साहपूर्ण रहेन । कारण थियो विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको त्रास ।

विशेष गरि नेपाल र भारतमा हिन्दु धर्मालम्बीहरुले उत्साह पुर्वक मनाउने यो चाडले सिनेमा क्षेत्रमा अझ विशेष महत्व राख्छ । वर्षैभरि पर्दामा रंगीन देखिने सिनेकर्मी होलीमा आफै रंगिनछन् । होली कै दिन सिनेकर्मी खुलेर दर्शकसँग रम्ने मौका पनि यहि हो ।

तर, कोरोना भाइरसको त्रासले यस वर्ष सिनेकर्मीको होली पहिले जस्तो रहेन । अघिल्ला सालमा सेलेब्रेटीका सामाजिक संजालहरु होलीका बिभिन्न पोस्टले भरिने गर्थ्ये । सेलेब्रेटीको सेल्फीमा सेलेब्रेटीकै अनुहार हुन्थ्यो । सार्वजनिक कार्यक्रमको सेल्फीमा दर्शक पनि अटाउथे ।

यसपटक भने प्राय: सेलेब्रेटीको होली घर बाहिर निक्लिएन । होली पूर्ण रुपमा पारिवारिक नै रह्यो । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको संक्रमणको उच्च जोखिममा राखिदिदा त्यसको प्रत्यक्ष असर सिनेमा क्षेत्रमा परेको छ ।

नेपाल सरकारले सार्वजनिक स्थलमा भिडभाड हुने खालका कार्यक्रम आयोजना नगर्न आदेश दिएकाले पनि यसपटक होली लक्षित गरेर ठुला कार्यक्रम आयोजना भएनन् ।

वर्षेनी आफ्नै आँगनमा सिनेकर्मीलाई बोलाएर होली कार्यक्रम आयोजना गर्ने अभिनेत्री करिश्मा मानन्धर पनि यसपटक कोरोना कै कारण पछाडी हटीन । उनले यस्तो अवस्थामा सतर्क रहनुपर्ने भन्दै होली कार्यक्रम आयोजना गरिनन् ।

बरु नजिकका आफन्तसँग श्रीमान विनोद मानन्धरको जन्मउत्सव मनाइन । विनोदको जन्मदिनको अवसरमा उनले नजिकका साथीहरुसँग रंग दलेर होली मनाइन ।

करिश्माले होलीको दिन फेसबुक भरि पुराना फोटो शेयर गर्दै अघिल्ला वर्षको होली स्मरण गराइरहिन ।

अभिनेता राजेश हमालले पनि आफ्ना नजिकका साथीहरुसँग रंग लगाउँदै होलीको शुभकामना व्यक्त गरे ।

यस्तै अभिनेत्री रेखा थापाले आफ्नी आमा र दिदिसँग घरमै होली खेलेर शुभकामना आदानप्रदान गरिन् ।

अभिनेता अनमोल केसी, सलोन बस्नेत, अभिनेत्री सुहाना थापा र निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ छायांकन सेटमै रंग दलेर सामान्य होली मनाएँ ।


अभिनेत्री संचिता लुइँटेलले आफ्नो बच्चाहरु र श्रीमान निखिल उप्रेतीसँग घरमै होली मनाएको तस्विर सामाजिक संजालमा सार्वजनिक गरिन ।


भर्खरै मात्र विवाहिक सम्वन्धमा बाँधिएका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशीले पहिलो होली मनाएको भन्दै तस्विर सार्वजनिक गरे ।

यस्तै निर्देशक दीपाश्री निरौला, हाँस्यकलाकार दीपकराज गिरी, अभिनेत्री पूजा शर्मा, वर्षा सिवाकोटीलगायतले कलाकार अनुराग कुँवरको घरमा प्राइभेट रुपमा होली मनाएँ ।

कोरोनाकै कारण वर्षको अन्त्य तिर रिलिजको तयारी गरिरहेका केहि सिनेमाको रिलिज नै स्थगित भएको छ । त्यसैले यस वर्ष होलीको अवसरमा सिनेकर्मीले आफ्नो सिनेमाको प्रचार-प्रसार पनि गर्न पाएनन् । यस्तै स्टेज कार्यक्रममा व्यस्त हुने कलाकार पनि यस वर्ष फुर्सदिला बने ।

तस्विर: सम्बन्धित सेलेब्रेटीको फेसबुकबाट