कोरोना प्रभाव : दर्शकसँग माफी माग्दै सर्यो दयाहाङको ‘निरफूल’

कोरोना प्रभाव : दर्शकसँग माफी माग्दै सर्यो दयाहाङको ‘निरफूल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना भाइरसको प्रभाव यतीवेला विश्वव्यापी रुपमा फैलिरहेको छ । जसको प्रत्यक्ष असर नेपाल लगायतका बलिउड र हलिउडको सिनेमा बजारमा समेत परेको छ । कोरोनाका कारण सिनेमा घर सुनसान बन्न थाले पश्चात एकपछि अर्को नेपाली सिनेमाले आफ्नो प्रदर्शन स्थगित गरेका छन् ।

केही दिन अगाडि मात्र सिनेमा ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले कोरोना त्रासकै कारण सिनेमाको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अब, चैत्रको ७ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमा ‘निरफूल’को पनि प्रदर्शन मिति पछि धकेलिएको छ ।

मंगलबार निर्माण टिमले एक विज्ञप्ती निकालेर कोरोनाको प्रभावकै कारण सिनेमाको प्रदर्शन मिति पोष्टपोण्ड गर्नुपरेको जनाएको छ । नेपाल सरकारले सभा, सम्मेलन नगर्नु र भीडमा नजानु भनेर नागरिकलाई सजग गराइसकेको छ ।

यसैले, संचारकर्मी फूलमान वलको निर्देशनमा निर्माण भएको सिनेमाको प्रदर्शन मिति सारिएको बताइएको छ । सिनेमाको प्रदर्शन मिति पहिले फागुण ३० गते तोकिएको थियो, तर ‘म यस्तो गीत गाउँछु २’ उक्त मितिमा प्रदर्शन हुने भएपछि एक साता पछि सारिएको थियो । सिनेमामा दयाहाङ राई, शान्ती वाइबा, बुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।