कोरोनाको त्रासबीच फ्लोरमा दयाहाङ र पलको ‘२ नम्बरी’

कोरोनाको त्रासबीच फ्लोरमा दयाहाङ र पलको ‘२ नम्बरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केहीदिन अघि चलचित्र निर्माता संघले विश्वव्यापी रुपमा कोरोनाको माहामारी फैलिरहेको भन्दै विज्ञप्ती सार्वजनिक गर्दै मिल्ने भए सिनेमाको छायाँकन रोक्न आग्रह गरेको थियो । तर, कोरोना त्रासका बीच पनि अहिले धमाधम केही सिनेमाको छायांकन भैरहेको छन् ।

हाल अनमोल केसी र सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ४’ र प्रकाश सपुत र वर्षा सिवाकोटी अभिनित सिनेमा ‘परदेशी २’को छायाँकन चलिरहेको छ । यसैबचि आज बिहिबारबाट दयाहाङ राई, पल शाह र वर्षा राउतको अभिनय रहने सिनेमा ‘२ नम्बरी’को छायाँकन पोखराबाट सुरु भएको छ ।

दिपेन्द्र लामाको निर्देशनमा तयार हुने सिनेमाको सम्पुर्ण छायाँकन ३५ दिनमा सक्ने लक्ष्य सहित निर्माण टिम फ्लोरमा गएको हो । सिनेमाको सम्पूर्ण छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ । सिनेमाका मुख्य दुई कलाकार अभिनेता दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनले पहिलो दृश्य दिएका छन् ।

सिनेमाका अन्य मुख्य २ कलाकार अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत भने चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् । सिनेमाले दुई साथीको मित्रताको कथामा अधारित हुनेछ । रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको सिनेमाको प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमा आगामी वर्षको जनै पुर्णिमामा रिलिज हुनेछ ।