विल्सनको ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक

विल्सनको ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हास्य कलाकार विल्सन विक्रम राईले नयाँ गीत ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक गरेका छन् । आफ्नै शब्द रचना र गायकीमा विल्सनले यो गीत तयार पारेका हुन् ।

कमेडी शैलीमा तयार गरिएको गीतमा मेलिना राईको पनि स्वर छ । भने, दीपक शर्माले  संगीत भरेका छन् ।

विल्सनले नै निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । गीतमा बुद्दि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन आफैले तक्मे बुढाको भूमिकामा अभिनय गरेका छन् ।

विक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई विल्सनले आफ्नै युट्युब च्यानल तक्मेबुढा डटकमबाट सार्वजनिक गरेका हुन् ।