कविताले घोषणा गरिन ‘वीस फर अ डे वीथ डल्लु’ नामक शो

कविताले घोषणा गरिन ‘वीस फर अ डे वीथ डल्लु’ नामक शो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘बोबी’ फेम्ड अभिनेत्री कविता गुरुङ (डल्लु)ले ‘वीस फर अ डे वीथ डल्लु’ नामक टेलिभिजन शो दर्शक माँझ ल्याउने भएकी छन् । मंगलबार राजधानीमा एक प्रेसमिट आयोजना गरेर कविताले शोको बारेमा जानकारी दिइन ।

डल्लु इन्टरटेनमेन्टले निर्माण गरेको यस शोको प्रत्येक एपिसोडमा एक जना व्यक्तिको एक दिने इच्छ्या, आकांक्षा, सपना र खुशीको कथा देखाइनेछ ।

शोको ट्रेलर रिलिज गर्दै कविताले भनिन् ‘नर्वेमा मैले र उमेशले कमाएको पैसा महंगो जुत्ता र कपडामा खर्च हुन्छ । तर, यो रकमले नेपालमा सामान्य परिवारको एक महिनाको खर्च चल्छ । यसैले, हामीले कमाएको धेरै रकम राम्रो काममा लगाउने सोचका साथ यो कार्यक्रमको अवधारणा अगाडी ल्याएका हौँ ।’

कविताकै कन्सेप्ट र प्रस्तुतिकरण रहने शो पाक्षिक रुपमा १० एपिसोडसम्म प्रशारण हुनेछ । वेब टिभी स्टुडियोमा तयार गरिएको यस शोलाई डम्बर राईले छायांकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका छन् ।

डल्लु इन्टरटेनमेन्टको युट्युब च्यानलबाट ‘वीस फर अ डे वीथ डल्लु’ प्रिमियर हुनेछ ।

कविताले मिलन चाम्स निर्देशित सिनेमा ‘बोबी’बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । सिनेमामा कवितासँगै उनका श्रीमान उमेश थापाको प्रेमकथा प्रस्तुत गरिएको थियो । उमेशको पनि अभिनय रहेको सिनेमाले दर्शकको राम्रो साथ पनि पायो ।

‘बोबी’को सफलता पश्चात निर्देशक चाम्सले ‘बोबी २’ निर्माण घोषणा गरेका थिए । तर, चाम्स सिनेमा ‘गोर्खा वारियर’को तयारीमा व्यस्त भएपछी ‘बोबी २’ निर्माण तत्काललाई रोकिएको छ । यस समयको मौकामा कविताले विल्कुलै फरक खालको टेलिभिजन शो दर्शक माँझ ल्याउने जमर्को गरेकी हुन् ।