सिनेमा र संगीत क्षेत्रका लागि निर्माता संघद्वारा राहत माग

सिनेमा र संगीत क्षेत्रका लागि निर्माता संघद्वारा राहत माग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना भाइरस ‘कोभिड-१९’ नियन्त्रण तथा रोकथामका निम्ति नेपाल सरकारले देशैभरका सिनेमा हल बन्द गरेपछि यसको प्रत्यक्ष असर सिनेमा र संगीत क्षेत्रमा पर्न गएको छ ।

झन्डै डेढ महिनाको हल बन्दले सिनेमा र संगीत क्षेत्रको आर्थिक पक्षलाई नराम्रोसँग थला पार्नेमा कुनै संकोच छैन । यहि समस्यालाई मध्येनजर गर्दै नेपाल चलचित्र निर्माता संघले सरकारलाई तीन बुँदे राहत माग गरेको छ ।

यस्तो छ संघको तीन बुँदे राहत माग:-

१. नेपालभरका सिनेमा घरहरुले प्रयोग गर्ने विजुली बत्तीको भुक्तानीमा मिनाहा, नेपाली चलचित्रको टिकट रकममा लाग्ने अतिरिक्त मुल्य अभिवृद्धि कर VAT पूर्ण रुपमा मिनाहा गरिनु पर्ने ।

२. चलचित्र तथा गीत संगीत क्षेत्रका कलाकार, श्रमिकहरुले चलचित्र सम्बन्धी काम गरे वापत प्राप्त गर्ने पारिश्रमिकमा कटाइने कर TDS मिनाहा गरिनु पर्ने ।

३. चलचित्र निर्माण, प्रदर्शक र गीत संगीत उत्पादन गर्ने कम्पनीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको कर्जाहरुमा लाग्ने व्याज पूर्ण रुपमा मिनाहा गरिनु पर्ने ।

सरकारले नेपालमा संचालित १ सय ४१ हल बन्दसँगै देशभर कुनै पनि सभा-समारोह, सिनेमा छायांकन र २५ जना बढीको ठुलो भिड नगर्न आग्रह गरेको छ । यसबाट सिनेमा क्षेत्रले झन्डै ५० करोड माथिको घाटा बेहोर्नुपर्ने सिनेमा र संगीतसम्वद्द संघ-संस्थाहरुको पुर्वअनुमान छ ।

संघका महासचिव रोज राणाद्वारा जारी प्रेस बिज्ञप्ति:-