रविन्द्रको ‘गोर्खे’ पोस्टर सार्वजनिक

रविन्द्रको ‘गोर्खे’ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सन्तोष ढकाल निर्देशित सिनेमा ‘गोर्खे’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सिनेमाका मुख्य कलाकार रविन्द्र प्रताप सेनलाई हाइलाइट गरिएको छ ।


पोस्टर हेरेर सिनेमाले नेपाली गोर्खा सैनिकको कथा उठाएको भान हुन्छ । प्रतापलाई पोस्टरमा आक्रामक गोर्खाली सैनिकको रुपमा देख्न सकिन्छ ।

विश्वमा महामारीको रुप लिइसकेको कोरोना भाइरस ‘कोभिड-१९’ त्रासका कारण सिनेमाको पोस्टरमा रिलिज डेट छापिएको छैन । सरकारले आगामी वैशाख १८ सम्म सम्पूर्ण हल बन्द गर्न निर्देशन दिइसकेको छ ।

‘गोर्खे’मा रविन्द्रसँगै अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठलगायतका कलाकारको अभिनय छ । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा भन्ने सिनेमालाई पोखरा र काठमाडौँमा खिचिएको हो ।

हिमाल केसीको द्वन्द्व निर्देशन रहेको सिनेमामा नगवा फिन्जु पाख्रिनको संगीत, निरज कँडेलको छायांकन, मित्र डि गुरुङको सम्पादन र शिव बिकेको कोरियोग्राफी छ ।

तिर्थ कोजु, हरि लामा र हरि थापाले मिलेर निर्माण गरेको सिनेमाका दुई गीत ‘सिन्की अचार’ र ‘गाम भरी हल्ला भो’ सार्वजनीक भैसकेका छन् ।