anmol jasita

ट्रेन्डिङ चेक: पाँच दिनदेखि नम्बर १ मा ‘पासवर्ड’

ट्रेन्डिङ चेक: पाँच दिनदेखि नम्बर १ मा ‘पासवर्ड’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत भदौमा रिलिज भएको सिनेमा ‘पासवर्ड’लाई युट्युबमा दर्शकले रुचाएका छन् । त्यसैले त रिलिज भएको पाचौँ दिनसम्म पनि सिनेमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा यथावत छ ।

पाँच दिनसम्म २६ लाख बढीले हेरिसकेको सिनेमालाई मिश्रीत प्रतिक्रिया प्राप्त भएको छ । सिनेमाको एक गीत आइटम नृत्य पस्किएकी बलिउड अभिनेत्री सन्नी लियोनीको कारण ‘पासवर्ड’ हेर्न आएको प्रतिक्रिया धेरै भ्युअरले दिएका छन् ।

तर, सन्नीको लामो भूमिका नहुँदा केहि दर्शकले दुखेसो पनि पोखेका छन् । एक्सन सिनेमाले मुर्ति तस्करीको कथा भन्छ ।

सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राना, विक्रान्त बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

एबी इन्टरनेशनलको व्यानरमा निर्मित सिनेमाका निर्माता अमित बस्नेत र हिराल जोशी हुन् । भने, सह-निर्मातामा अजित केआर थापा छन् ।

महेश दवाडी र सम्राट बस्नेतको पटकथा रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, सौरभ लामाको डिओपी र अर्जुन जिसीको सम्पादन छ ।

The Cinema Times: घरभित्रै बसौँ । कोरोना भाइरस सङ्क्रमणबाट आफु पनि बचौँ,अरुलाई पनि बचाऔँ ।