चलचित्र विकास बोर्ड अध्यक्ष पदको लागि आवेदन खुल्ला

चलचित्र विकास बोर्ड अध्यक्ष पदको लागि आवेदन खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदको लागि आवेदन माग गरिएको छ । गत मंसीरमा केशव भट्टराईको निधन भएपछी बोर्डको अध्यक्ष पद रिक्त छ ।

त्यसैले नयाँ अध्यक्षका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एक सुचनाद्वारा आवेदन माग गरेको हो । मन्त्रालयले जारी गरेको सुचनामा अध्यक्ष बन्न आवश्यक पर्ने बिभिन्न प्रावधान तोकिएको छ ।

जसमा देहाय बमोजिमको शैक्षिक योग्यता, उमेर, अनुभव, र नेपाली नागरिक हुनुपर्ने बताइएको छ । आवेदनमा बोर्डको वर्तमान अवस्था, सवल तथा कमजोर पक्ष र भावी रणनीतिहरु बुँदागत रुपमा पेश गर्न भनिएको छ । उम्मेदवारको व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्यांकन गरिने सुचनामा दावी गरिएको छ ।

इच्छुकले सुचना जारी भएको १५ दिन भित्रमा संचार तथा सुचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा गएर आवेदन दिनुपर्नेछ ।

पढ्नुहोस्:- मन्त्रालयको सुचना