तारिफ बटुल्दै प्रकाश सपुत

तारिफ बटुल्दै प्रकाश सपुत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय गायक प्रकाश सपुत सांगीतिक क्षेत्रमा सुखद पाइला चालिरहेका छन् । उनको हरेक गीतले सफलता हासिल गरिरहेको छ । ‘बोल माया’देखि ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’ले सर्वाधिक चर्चा बटुलिसकेको छ । गम्भिर विषयवस्तु उठानको कारण उनी जुनै गीत निकाल्दा पनि तारिफ बटुल्छन् ।

हालै रिलिज भएको प्रकाशको शब्द, संगीत तथा निर्देशन रहेको ‘कुरा बुझ्न पर्च’ले पनि दर्शकको माया बटुलिरहेको छ । महिला सशक्तिकरणको सन्देश दिने गीतले ६५ लाख भन्दाबढि भ्यूज पाइसकेको छ । एक सातादेखि यस गीतले युट्युब ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेको छ । शान्तिश्री परियार र समिक्षा अधिकारीको स्वर रहेको गीतमा नायिका स्वस्तिमा खड्का र आँचल शर्मा फिचर्ड छन् ।

गत बिहिबार एक कार्यक्रम गर्दै टिमले सफलताको खुसी साटेका थिए । कार्यक्रममा टिमसँग जोडिएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा गायिका परियारले प्रकाशको तारिफ गर्दै भनिन्, ‘भाईले मलाई गीत अफर गर्ने बित्तिकै मनमा लडु फुटिसकेको थियो । किनकी प्रकाशको सिर्जना झक्कासै हुन्छ भन्ने मलाई मात्र होइन दुनियाँलाई नै थाहा छ ।’ त्यस्तै, अर्की गायिका समिक्षाले पनि प्रकाशको गीतमा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

नायिका स्वस्तिमा खड्काले प्रकाशसँग काम गर्न पाउँदा सन्तुष्टी मिलेको बताइन् । त्यस्तै, आँचलले सामाजिक सन्देश बोकेको गीतमा अभिनय गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

गायक प्रकाशले राम्रो टिम भएको काममा सफतला हासिल गर्न सकेको बताए । ‘मनबाट गरेको काम सबैको मनभित्र पुग्दो रहेछ’ उनले भने ।

प्रकाश सपुत सिनेमा ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।