‘लप्पन छप्पन२’फागुन १३ गते प्रदर्शनमा आउने

‘लप्पन छप्पन२’फागुन १३ गते प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको  सिनेमा ‘लप्पन छप्पन’को दोस्रो सिक्वेल आगामी शिवरात्रीमा को अबसर पारेर फागुन १३ गते प्रदर्शन आउने भएको छ ।कोरोना महामारीको कारण पटक-पटक प्रदर्शन मिति घोषणा गरेको सिनेमाले  पुनः नयाँ मिति सार्वजनिक गरेको हो ।

शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी लगायतको मुख्य भूमिका छ । सिनेमामा  शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, छन् ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् ।सिनेमाको पटकथा तथा संवादमा निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् । एक्सन जनरामा निर्मित यस सिनेमाको ट्रेलरदेखि गीतसम्म सार्वजनिक भइसकेको छ ।