‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा

‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण रिलिज रोकिएको बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी महाशिवरात्रीको अवसर पारेर फागुन १३ गतेबाट नेपाल भरका सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउने भएको छ । सिनेमालाई निर्देशक तथा निर्माता सन्तोष सेनले हिंन्दीमा समेत डब गराएका छन् ।

निर्देशक सेन सिनेमालाई नेपाल र भारतमा सिनेमा एकसाथ प्रदर्शन गर्ने तयारीमा छन् । प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य भुमिका रहेको सिनेमाको बिहिबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

स्व छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको सिनेमामा प्रदीप र क्रिष्टिनाका अलवा शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ ।

यही सिनेमाबाट मनिष र क्रिष्टिनाले अभिनेता र अभिनेत्रीको रुपमा डेब्यू गर्दैछन् । काठमाडौं र मनाङमा छायांकन गरिएको सिनेलालाई राजेश श्रेष्ठले खिचेका हुन् ।

सिनेमा २०७६ सालको चैत २८ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सरकारले चैत पहिलो हप्ताबाट सिनेमा हल बन्द भएपछि सिनेमाको रिलिज रोकिएको थियो ।