प्रचार-प्रसारलाई तिव्रता दिँदै ‘चपली हाइट ३’ निर्माण टिम

प्रचार-प्रसारलाई तिव्रता दिँदै ‘चपली हाइट ३’ निर्माण टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारी पश्चात रिलिज हुन लागेको पहिलो ठुलो सिनेमा हो ‘चपली हाइट ३’ । पौष २ गतेबाट रिलिज हुने सिनेमाको निर्माण टिम यतिवेला प्रचार-प्रसारलाई तिव्रता दिन लागि परेको छ ।

सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्मात अर्जुन कुमारले सिनेमा रिलिजको अब धेरै समय बाँकी नरहेका कारण पनि आफु र आफ्नो टिम सिनेमा रिलिज हुँदैछ भन्ने कुरा धेरैभन्दा धेरै दर्शकमाझ पुर्याउन लागि परेको बताए ।

लगभग दुई वर्षपछि सिनेमा हलमा रिलिज हुने भएकाले पनि नेपाली सिनेमा हेर्न दर्शक हलसम्म आउँछन् कि आउँदैनन् भन्ने अन्यौताका बीच सिनेमा रिलिज गर्ने हिम्मत गरेकाले पनि आफुलाई सवै सिनेमा निर्माता तथा निर्देशकले सहयोग गर्नु पर्ने भनाई निर्माता अर्जुन कुमारको छ ।

यद्यपी तिहारको अवसरमा रिलिज भएको बलिउड सिनेमा ‘सुर्यवंशी’ले हलसम्म राम्रो संख्यामा दर्शक फर्काएकोले पनि नेपाली सिनेमा हेर्न दर्शक हलसम्म आउँछन् भन्ने विश्वास निर्माण टिमलाई छ । निर्माता अर्जुन कुमारका अनुसार यतिवेला दर्शक नेपाली सिनेमाको भोको छन् । जसको फाइदा ‘चपली हाइट ३’ बाट लिनसक्छु भन्ने विश्वासमा साथ सिनेमा रिलिज गर्दैछु । सवैको साथ र सहयोको खाँचो छ ।

यस्तै, ‘चपली हाइट ३’ स्टार कास्टका कारण पनि चर्चामा छ । सिनेमाको सार्वजनिक ट्रेलरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सिनेमाका लागि अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट र अर्पण थापा मुख्य केन्द्रविन्दु हुन् । उनीहरुलाई दर्शक हलसम्म तान्न सक्ने क्षमता भएका कलाकारको रुपमा चिन्ने गरिन्छ । त्यसको फाइदा पनि बक्सअफिसमा पर्ने निर्माण टिमको बुझाई छ ।

सिनेमालाई म्युजिक भिडियोबाट निर्देशनमा आएका निकेश खड्काले निर्माण गरेका हुन् । ‘चपली हाइट’को तेस्रो सिरिजमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।