‘कठपुतली’ महिलाको कथा हो : मिथिला शर्मा

‘कठपुतली’ महिलाको कथा हो : मिथिला शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच हरर सिनेमा ‘कठपुतली’को ट्रेलर सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै सिनेमाकी मुख्य अभिनेत्री मिथिला शर्माले ‘कठपुतली’ महिलाको कथा रहेको बताएकी छन् ।

आफुलाई लेखक तथा कार्यकारी निर्माता सम्पदाले सिनेमाको स्कृप्ट दिँदा नै निकै उत्साहित भएको बताइन् । ‘कठपुतली’को कथा पढेपछि नेपाली माटोको कथा लेखेकोमा सम्पदालाई धन्यवाद दिएको भन्दै ‘कठपुतली’ले नेपाली सिनेमालाई अन्तराष्ट्रिय रुपमा लैजाने विश्वास व्यक्त गरिन् ।

यस्तै लेखक तथा निर्माता मल्ल ‘कठपुतली’लाई पिरियड हरर सिनेमा भन्न रुचाउँछिन् । यो सिनेमाले राजदरबारमा देशका विभिन्न ठाउँबाट ल्याइएका महिलाहरुको शोषण र हत्यापछिको कथा समेटिएको बताउँछिन् । सिनेमाको कथा लेख्दा आफुले निकै समय अध्यन र अनुसन्धान गरेर नेपाली तन्त्र मन्त्रको कथा समेटेको उनको कथन छ ।

भिमसेन लामाले निर्देशन गरेको सिनेमामा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । यो सिनेमाको कथा सम्पदा मल्लले लेखेकी हुन् । पृथ्वी राना मगर निर्माता रहेको सिनेमाको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर सिनेमाभन्दा भिन्न रहेको निर्देशक लामाले बताए । उनी आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् ।

सिनेमाले गत महिना मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको छ । यस्तै, ’कठपुतली’का सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर सिनेमा अन्तर्गत ’बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ पनि जितेका छन् ।