अभिनय छोडेर निर्देशनमा जम्ने सुरजको तयारी

अभिनय छोडेर निर्देशनमा जम्ने सुरजको तयारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रि-प्रोडसनको चरणमा रहेको सिनेमा ‘परस्त्री’बाट अभिनेता सुरज पाण्डे निर्देशनमा डेव्यु गर्दैछन् । शुक्रवार राजधानी आयोजित कार्यक्रमका बीच निर्माण घोषणा गरिएको सिनेमाको अहिले कलाकार छनोट कार्य भैरहेको छ ।

केही हप्तामा मुख्य कलाकारका लागि अडिसन गरेर सिनेमाको वर्कसप सुरुवात गर्ने तयारी निर्माण टिमको छ । फागुन तेस्रो साताबाट फ्लोरमा जाने तयारी रहेता पनि कोरोनाको तेस्रो लहरको चपेटामा पर्ने खतारा पनि निर्माण टिमलाई छ । यदि कोरोनाको खतरा नरहेको खण्डमा सिनेमा घोषित मितिमै छायांकन सुरु हुनेछ । मुख्य अभिनेता कोशिस क्षेत्रीको संगीत रहने सिनेमालाई निरज कँडेलले खिच्ने छन् ।

नेपाली र हिंन्दी गरि दुई भाषामा निर्माण हुने सिनेमाको कथा निर्देशक तथा निर्माता दीपेन्द्र के खनालले लेखेका छन् । होम प्रोडक्सनको व्यानरमा निर्माण गरेको सिनेमा ‘लभ लभ लभ’ बाट उनले अभिनय करिअरको सुरुवात गरेका थिए । सिनेमामा उनको अपोजिटमा स्वस्तिमा खड्का थिइन् । यसपछि उनले न बाहिरी ब्यानर न त होम प्रोडक्सनको सिनेमामा नै अभिनय गरेका छन् ।

उनी अभिनयबाट टाढिए पनि होम प्रोडक्सन ‘डिएस डिजिटल’ बाट निर्माण हुने सिनेमामा आमा शर्मिला पाण्डे र निर्देशक खनालसँग निर्माताको रुपमा जोडिँदै आएका छन् । यस ब्यानरमा निर्माण भएका ६ मध्ये ५ सिनेमामा असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरेको अनुभव सुरजसँग छ । जसले उनलाई परस्त्री निर्देशन गर्ने हिम्मत दियो ।

सुरज लकडाउनको समयमा निर्देशक बन्न अनलाइन माध्यमबाट अध्ययन गरेका बताउँछन् । उनी भन्छन्, ‘दीपेन्द्र दाईले धेरै सिकाउनु भएको छ । यस्तै आफू सिनेमा क्षेत्रमा कलाकार बन्न नभइ निर्देशक बन्ने सपना बोकेर आएको थिए । मेरो सोच कहिल्यै कलाकार बन्छु भन्ने थिएन । मलाई पहिल्यैदेखि निर्देशक बन्ने इच्छा थियो । तर, ममीले ‘पछि निर्देशन गर्नु अहिले अभिनय गर’ भनेपछि ‘लभ लभ लभ’ मा अभिनय गरेको र अब अभिनयलाई ब्रेक दिएर निर्देशन मै अगाडी बढ्छु ।’