नेपालमा ‘चपली हाईट ३’ले थ्रिलर विधाका दर्शक बढाउँछ : निकेश खड्का

नेपालमा ‘चपली हाईट ३’ले थ्रिलर विधाका दर्शक बढाउँछ : निकेश खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ‘चपली हाईट ३’ । कोरोना महामारी र बलिउडका ठुलो सिनेमाको चपेटामा परेर पटक पटक आफ्नो रिलिज पोस्टपोन्ड गर्दै आएको थियो । अब भने यो सिनेमा घोषित मिति मै प्रदर्शन हुने निर्देशक निकेश खड्का बताउँछन् ।

म्युजिक भिडियो निर्देशकबाट सिनेमा निर्देशनमा आएका निकेशले यसअघि जिन्दगी रक्स र फाटेको जुत्ता लगायतका सिनेमा निर्देशन गरिरहेका छन् । अब उनको निर्देशन गरेको तेस्रो सिनेमा रिलिजको संघारमा रहँदा उनी प्रचार प्रसारमा निकै दौडधुप गरिरहेका छन् । एउटा सफल सिनेमाको सिरिज भएकाले पनि ‘चपली हाईट ३’ दर्शकमाझ प्रतिक्षित छ । अझ भारतमा कोरोना महामारीको तेस्रो लहरका कारण बलिउडका कुनैपनि सिनेमा रिलिज नहुने भएपछि त्यसको फाइदा पनि सिनेमालाई मिल्ने छ ।

निर्देशक खड्काले सुरुमा चपली हाईट ३ निर्देशन गर्न निकै गाह्रै लागेको बताएका छन् । ‘किनकि यसका दुवै भाग फरक रुपमा सफल छन् । एकै खाले सिनेमाम बनिरहेको समयमा ‘इरोटिक थ्रिलर’को रुपमा यसले छुट्टै स्थान बनाएको छ । तर काम गर्दै जाँदा चैँ यसलाई मैले अर्को एउटा सिनेमाको रुपमा मात्र ग्रहण गर्दै गएकाल अहिले त्यसको आनन्द लिइरहेको’ उनले बताए ।

सिनेमाको कन्टेन्ट निकै बलियो भएकाले दर्शक हलसम्म आउँछन् भन्ने विश्वास निर्देशक खड्कालाई छ । उनले अगाडी भने- ‘सिनेमाको कथा अहिले त खोल्न मिल्दैन तर जब दर्शकसम्म पुग्छ त्यसपछि आफु र आफ्नो खुलेर तारिफ हुनेछ । यस्तै नेपालमा पछिल्लो समय सस्पेन्स थ्रिलर सिनेमा हेर्न दर्शकको सङख्या निकै बढेकाले पनि चपली हाईट ३ ले त्यो सङख्या अझै बढाउँछ ।’

अर्जुन कुमारको लगानीमा निर्माण भएको ‘चपली हाइट’को तेस्रो सिरिजमा स्वस्तिमाका अलवा सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।

सिनेमामा पुरुषेत्तम प्रधानको छायांकन, सुवास भुषाल र अर्जुन कुमारको संगीत, उत्तम न्यौपानेको ब्यागराउण्ड स्कोर र दीर्घ खड्काको सम्पादन रहेको छ ।