सरकारले माघ मसान्तपछि सिनेमा हल खोल्न अनुमति दिन्छ : अशोक शर्मा

सरकारले माघ मसान्तपछि सिनेमा हल खोल्न अनुमति दिन्छ : अशोक शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले सरकारले चाँडै सिनेमा हल खोल्न अनुमति दिने बताएका छन् । मंगलबार चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल र चलचित्र संघका पदाधिकारीको टिम सिनेमा हल खोल्ने विषयमा छलफलको लागि सुचना तथा संचार मन्त्रालय पुगेको थियो ।

महासचिव शर्माले मन्त्रालयका सचिव, सिसिएमसीका सचिव र सिडियोसँगको छलफल सकरात्मक रहेको बताए । हाम्रो टिम भोली शुक्रबार सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीसँग भेट्ने तयारमा रहेकाले माघ मसान्तको समयसीमा पछि हल खोल्ने अनुमति मिल्ने अपेक्षा सिनेमाकर्मीहरुको छ । यदि सरकारको सिनेमा क्षेत्र प्रतिको शत्रुता पुर्ण व्यवहार कायम रहेको खण्डमा विस्तार सिनेमा क्षेत्रमा सक्रिय सिनेमाकर्मीले नयाँ पेशा अंगाल्नुको विकल्प नरहेको उनीहरुको भनाई छ ।

संघका महासचिव शर्मा भने- ‘सरकारले सार्वजनिक यातायातमा लगाएकको जोर बिजोर प्रणाली एक हप्ता मै हटाएको र शनिबार र मंगलबार सम्पन्न मैत्रीपुर्ण फुटबलमा हजारौं दर्शकको उपस्थीतिमा खेल आयोजना भएका छन् । यी सवै कोरोना महामारीको उच्च जोखिममा भएका क्षेत्र हुन् । सिनेमा हल सवैभन्दा सुरक्षित रहेको कुरा आफुहरुले सरकारलाई बुझाउन नसकेको गुनासो गरे । शुक्रबार पनि हामी मन्त्री ज्युलाई सिनेमा हल सुरक्षित रहेको बुझाउने कोशिस गर्दैछौं । नतिजा हाम्रो पक्षमा आउला भन्ने विश्वास गरेका छौं ।’

यस्तै उनले सरकारले सिनेमा क्षेत्रलाई किन कोरोनाको इपि सेन्टरको रुपमा हेर्दैछ भन्ने नै बुझ्न नसकेको बताए । यातायात लगायतका अन्य क्षेत्रले जस्तो सिनेमा क्षेत्रले सडक आन्दोल गर्न नसकेका कारण पनि आफुहरुलाई हेपाहा दृष्टी राखेको होकी भन्ने लाग्ने थालेको उनले बताए । यदि यसो हो भने चाँडै नेपालमा पनि सिनेमा उद्योग थियो रे भन्ने दिन आउने खतरा बढ्दै गएको उनको भनाई छ ।

महासचिव शर्माले आफुहरु माघ मसान्तसम्म कुर्ने त्यसपछि पनि सिनेमा हल नखुलेको खण्डमा विस्तारै आन्दोलनका कार्यक्रम घोषणा गर्दै जाने बताए । भारत जस्तो दैनिक दुई लाख बढि कोरोना संक्रमित रहेको देशमा पनि सिनेमा हल पुर्ण रुपमा बन्द गरिएन । तर नेपालमा किन र के कारणले सरकारले आफुहरु माथि प्रहार गरिरहेको भन्ने बुझ्न गाह्रो भैरहेको आक्रोश व्यक्त गरे ।