जुन १० मा अक्षय कुमारको ‘पृथ्वीराज’ रिलिज घोषणा

जुन १० मा अक्षय कुमारको ‘पृथ्वीराज’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यशराज व्यानरको प्रतिक्षित सिनेमा ‘पृथ्वीराज’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि सिनेमा २१ जनवरीमा रिलिज हुने तयारी थियो । तर कोरोनाको तेस्रो लहरको कारण सिनेमाको रिलिज पोस्टपोन्ड गरिएको हो ।

अब ‘पृथ्वीराज’ १० जुनबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । राजिस्तानी राजा पृथ्वीराज चौहानको वीरताको कथा सिनेमामा समेटिएको छ । चन्द्र प्रकाश द्धिवेदीको निर्देशन रहेको सिनेमाको कथा स्वंयम निर्देशक द्धिवेदीले नै लेखेका हुन् ।

‘पृथ्वीराज’ अक्षय कुमार अभिनित पहिलो पिरियड ड्रामा सिनेमा हो । सिनेमामा मिसवर्ल्ड मानुषी छिल्लर, संजय दत्त, सोनु सुद लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा आदित्य चोपडाको लगानी रहेको छ ।