‘लाल सिंह चढ्ढा’को मितिमा शाहिदको ‘जर्सी’ रिलिज हुने

‘लाल सिंह चढ्ढा’को मितिमा शाहिदको ‘जर्सी’ रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता आमिर खानको सिनेमा ‘लाल सिंह चढ्ढा’ अप्रिल १४ को मितिमा रिलिज नहुने भएको छ । निर्माताले मंगलबार एक विज्ञप्ति जारी गर्दै सिनेमा पूर्व निर्धारित समयबाट पछि हटेको जानकारी गराएका छन् । यो सिनेमा अब अगस्ट ११ मा प्रदर्शन हुनेछ ।

हलिउड सिनेमा ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक सिनेमा वैशाख १ मा प्रदर्शनमा आउनेवाला थियो । यही मितिमा कन्नड सिनेमा ‘केजीएफ’को दोस्रो भाग पनि आउने तयारीमा थियो । दुई ठूला सिनेमाको भिडन्तले भारतीय बक्स अफिसमा प्रभाव पर्ने चिन्ता व्यक्त भइरहँदा आमिरको सिनेमा सरेको हो । भने ‘केजिएफ २’ निर्धारित मिति मै रिलिज हुनेछ ।

यही मितिमा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको सिनेमा ‘ए मेरो हजुर ४’ पनि रिलिज हुनेछ । ‘लाल सिंह चढ्ढा’ सर्दाको फाइदा सिनेमालाई मिल्ने पक्का छ । तर, सोही बलिउडको अर्को सिनेमा ‘जर्सी’ रिलिज हुनेछ । शाहिद कपुर र मृणाल ठाकुरको मुख्य भुमिका रहेको सिनेमालाई गौतम तिन्नुरीले निर्देशन गरेका छन् ।