रिलिज अगावै विवादमा फस्यो आलियाको ‘गंगुबाई काठियावाडी’

रिलिज अगावै विवादमा फस्यो आलियाको ‘गंगुबाई काठियावाडी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्ट अभिनित प्रतिक्षित सिनेमा ‘गंगुबाई काठियावाडी’ फेब्रअरी २५ बाट रिलिज हुँदैछ । माफिया डन गंगुबाईको जीवनमा सिनेमा आधारित छ ।

आलियाले सिनेमामा गंगुबाईको भूमिका निवार्ह गरेकी छिन् । सिनेमामा अजय देवगन पनि बिशेष भूमिकामा देखिँदैछन् । तर, रिलिज हुनुअघि नै सिनेमा विवादमा फसेको छ । सिनेमाको कथालाई लिएर गंगुबाईको परिवारले आपत्ति जनाएका छन् । गंगुबाईलाई समाजसेवी भन्दा पनि ‘यौनकर्मी’को रुपमा चित्रण गरिएको परिवारका सदस्यको आरोप छ।

गंगुबाईले सन् १९४९ मा चार बालबालिकालाई धर्मपुत्ररधर्मपुत्री बनाएकी थिइन् । गंगुबाईका छोरा बाबुरावजी शाहले आमा र परिवारको इज्जत बचाउन अदालत जाने निर्णय गरेको बताए । उनले भने, ‘मेरी आमालाई यौनकर्मी बनाइयो । अहिले मानिसहरू बिना कारण मेरी आमाको बारेमा कुरा गर्छन् । हाम्रो परिवारलाई निकै समस्या झेल्नु परिरहेको छ ।’

गंगुबाईकी नातिनी भारतीले निर्माताले पैसाका लागि आफ्नो परिवारलाई बदनाम गरिरहेकोले आफूहरुलाई मान्य नहुने बताएकी छिन् । सिनेमाका लागि परिवारको स्वीकृति नलिएको समेत उनको दाबी छ । परिवारका वकिलले सिनेमामा गंगुबाईलाई आधारहीन तरिकाले चित्रण गरिएको बताएका छन् ।

उनका अनुसार एक समाजसेवीलाई यौनकर्मीको रुपमा सिनेमामा प्रस्तुत गरिएको छ । उनले सिनेमाका निर्देशन सञ्जय लीला भन्साली र लेखक हुसैन जैदीलाई ‘नोटिस’ पठाए पनि कुनै प्रतिक्रिया नआएको बताएका छन् । यो सिनेमा हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित रहेको छ ।

यसअघि पनि गंगुबाईको परिवारले यस सिनेमामाथि उजुरी दर्ता गरेको थियो । तर पछि बम्बई उच्च अदालतले सिनेमाको रिलिजमा रोक लगाउन अस्वीकार गरको थियो ।