टम हार्परको ‘हर्ट अफ स्टोन’बाट हलिउड डेव्यु गर्दै आलिया

टम हार्परको ‘हर्ट अफ स्टोन’बाट हलिउड डेव्यु गर्दै आलिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडमा पछिल्लो पुस्ताकी सर्वाधिक सफल अभिनेत्री हुन् आलिया भट्ट । उनी अभिनित सिनेमा ‘गंगुबाई काठियावाडी’ हाल सफलताका साथ विश्वभरका सिनेमा घरमा रिलिज भैरहेको छ । यो सिनेमाले उनलाई चर्चाको शिखरमा पुर्याएको छ ।

 

आलिया अब हिन्दी सिनेमामा मात्रै सिमित रहने छैनन् । उनले हालै हलिउड सिनेमा ‘हर्ट अफ स्टोन’ साइन गरेकी छन् । यही सिनेमाबा उनी हलिउडमा समेत डेव्यु गर्दैैछिन् । आलियाको मुख्य भुमिका रहेन यो सिनेमा नेटफिलक्समा रिलिज हुँदैछ ।

टम हार्परको निर्देशन रहने सिनेमामा आलियाका अलवा गाल गडोट र जेमी डोरम्यानको मुख्य भूमिका छ । यो सिनेमाको चाँडै छायांकन सुरु हुँदैछ । बलिउड मिडियाका अनुसार यो सिनेमा यही वर्ष रिलिज हुनेछ ।