‘ब्रह्मास्त्र’बाट आलियाको लुक्स र ‘रनवे ३४’को टिजर रिलिज

‘ब्रह्मास्त्र’बाट आलियाको लुक्स र ‘रनवे ३४’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टको जन्मदिनको अवसर पारेर ‘ब्रह्मास्त्र’ निर्माण टिमले उनको पहिलो पोस्टर सार्वजनिक गरेको छ । सिनेमा बलिउड दर्शकमाझ प्रतिक्षित छ ।

सुपरहिरो सिनेमालाई आयान मुखर्जीले निर्देशन गरेका हुन् । यो सिनेमा पहिलो पटक रनवीर कपुर सुपरहिरो बनेका छन् । सिनेमामा रनवीर र आलियाका अलवा अमिताभ बच्चन, नागार्जुन, मौनी रोय लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमालाई करण जोहरको धर्मा प्रोडक्सनले फक्सस्टार स्टुडियोसँग मिलेर निर्माण गरेको हो । सेप्टेम्बर ९ तारिखबाट विश्वभरका सिनेमा घरमा हिन्दीका अलवा तमिल, तेलुगु, कन्नडा र मल्यालम भाषामा रिलिज हुनेछ ।

‘रनवे ३४’ टिजर रिलिज

अजय देवगण अभिनित तथा निर्देशित सिनेमा ‘रनवे ३४’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमामा अमिताभ बच्चन, वोमन इरानी र रकुल प्रित सिंहको पनि मुख्य भुमिका रहेको छ ।

सन २०१५ मा भारतमा घटेको सत्य घटनामा आधारित सिनेमा अप्रिल २९ बाट इदको अवसरमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । अजय देवगण शिवाय पश्चात निर्देशनमा फर्केको सिनेमा भएकाले पनि दर्शकमाझ प्रतिक्षामा रहेको छ । यो सिनेमा टाइगर श्राफ र तारा सुतारिया अभिनित सिनेमा ‘हिरोपन्ती २’ सँग बक्सअफिसमा जुध्ने छ ।