anmol jasita

तेलुगु सिनेमा ‘गडफादर’को छायांकनमा सलमान

तेलुगु सिनेमा ‘गडफादर’को छायांकनमा सलमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार सलमान खानले तेलुगु सिनेमा ‘गडफादर’को छायांकन सुरु गरेका छन् । बुधबार सिनेमाका मुख्य अभिनेता चिरञ्जीवीले एक तस्वीर सेयर गर्दै सलमानलाई छायांकन सेटमा स्वागत गरेको जानकारी दिएका छन् ।

मल्यालम सिनेमा ‘लुसिफर’को रिमेक हो ‘गडफादर’ ।’ आरआरआर’ अभिनेता राम चरणको लगानी रहेको सिनेमा प्यानइन्डिया लेभलमा रिलिज गर्ने तयारी निर्माण टिमको छ । सोही अनुसार सिनेमामा सलमान खनाको केमियो राखिएको बलिउड मिडियाले जनाएका छन् । सिनेमामा सलमान खानलाई १५ मिनेटको स्क्रिन टाइम दिइएको बलिउड मिडिया पिंकभिल्लाले लेखेको छ ।

कोनिडेला प्रोडक्सनको व्यानरमा निर्माण भैरहेको सिनेमाको हाल मुम्बईमा छायांकन भैरहेको छ । सलमानले आफ्नो भागको सम्पुर्ण छायांकन मुम्बईमा नै गर्नेछन् । सिनेमामा नयनतारा र सत्यदेव कन्चरानाको पनि अभिनय रहेको छ ।