anmol jasita

बक्सअफिसमा डिजास्टर सावित भयो प्रभाषको ‘राधेश्याम’

बक्सअफिसमा डिजास्टर सावित भयो प्रभाषको ‘राधेश्याम’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभाष अभिनित सिनेमा ‘राधेश्याम’ बक्सअफिसमा असफल भएको छ । प्रभाषले ‘बाहुबली’बाट संसारभर जबर्जस्त क्रेज बनाएका थिए । उनका सिनेमाप्रति दर्शकको ठूलो अपेक्षा रहने गरेको छ । तर, ‘बाहुबली’ सिरिजपछि अभिनय गरेका कुनै सिनेमाले उनको स्टारडम बचाउन सकेका छैनन् ।

यसअघि उनी अभिनीत सिनेमा ‘साहो’ बक्सअफिसमा असफल भएको थियो । हालै रिलिज भएको सिनेमा ‘राधे श्याम’ पनि बक्सअफिसमा डिजास्टर सावित भएको छ । भारु २ सय करोडको बजेटमा बनेको सिनेमाले लगानीको एक तिहाई पनि नउठाउने देखिएको छ ।

सिनेमाले संसारभरबाट अहिलेसम्म १ सय ४० करोडको व्यापार गरेको छ । दिन प्रतिदिन सिनेमाको व्यापार ओरालो लागिरहेको छ । निर्माताले एक पोस्टर जारी गर्दै सिनेमाले पहिलो तिन दिनमा १ सय ५१ करोडको कमाई गरेको दाबी गरेका थिए । तर, ट्रेड एनालिस्टले भने यो आँकडालाई गलत बताएका छन् ।

हिन्दीसहित पाँच भाषामा रिलिज भएको सिनेमालाई राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् । सिनेमामा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । ‘राधे श्याम’ रिलिजसँगै प्रभास प्यान इन्डिया सिनेमा ‘सालार’को छायांकनमा जुटेका छन् । यो सिनेमालाई ‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरिरहेका छन् ।