anmol jasita

सलमानलाई नेपाल पर्यटनका लागि खुला रहेको सन्देश दिन मन्त्री आलेको आग्रह

सलमानलाई नेपाल पर्यटनका लागि खुला रहेको सन्देश दिन मन्त्री आलेको आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आग्रह गरेका छन् ।

उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा आग्रह गरे । मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिंदै सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने कार्यक्रमका लागि अभिनेता सलमान खानले आफू नेपाल आउन लागेको बताए । यसअघि पटक(पटक नेपाल आउन आग्रह भएपनि समय नमिलेकाले यसपटक एकदमै उत्साहित रहेको सलमानले बताए ।

मन्त्री आलेसँग करिब १० मिनेट भएको भर्चुअल कुराकानीमा आफू खानको ठूलो फ्यान भएको र अधिकांश सिनेमा हेरेको पनि सुनाए । मन्त्री आलेले बलिउड अभिनेता सलमान खानलाई सगरामाथा आरोहणको समेत निम्तो दिए ।

नेपालको पर्यटन प्रवद्र्धनमा विश्व चर्चित अभिनेता भएका कारण सलमान खानले सहयोग र्पुयाउँदा देशलाई ठूलो फाइदा हुने मन्त्री आलेले बताए । ओडीसी इन्टरटेनमेन्टले दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि सलमानलाई नेपाल ल्याउन लागेको हो ।