दर्शकले नेपाली सिनेमालाई नै माया गर्छन् : अनमोल केसी

दर्शकले नेपाली सिनेमालाई नै माया गर्छन् : अनमोल केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘ए मेरो हजुर ४’ आगामी बैशाख १ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुँदैछ । सोही मितिमा दक्षिण भारतीय सिनेमा ‘केजिएफ च्याप्टर २’ पनि आउँदै छ ।

दक्षिण भारतीय सिनेमाको दबाबका बावजुद नेपाली बक्सअफिसमा राम्रो व्यापार गर्नु पर्ने चुनौती ‘ए मेरो हजुर ४’ लाई छ । यस्तो अवस्थामा दर्शकलाई हलसम्म तान्ने मामिलामा झरना थापा निर्देशित सिनेमा कति सफल हुनेछ ? अनमोल केसीको स्टारडम कत्तिको अब्बल रहला ? भन्ने चर्चा नेपाली सिनेमा बजारमा सुरु भएको छ ।

बिहीबार आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा निर्माता सुनिल कुमार थापाले बैशाख १ गते नेपाल र भारतबीच फुटबल म्याच जस्तै सिनेमा रिलिजको खेल रहेको बताए । निर्माता थापाको यसो भनि रहँदा सिनेमा मुख्य अभिनेता अनमोल केसी खुसी र आत्मविश्वासी देखिए । वैशाख १ गतेको बक्स अफिस भिडन्तलाई अनमोलले नेपाल भर्सेस भारतविरुद्धको फुटबल खेलमा नेपालले बाजी मार्ने उल्लेख गरे ।

अनमोलले कोराना महामारी अगिाडी रिलिज भएको सिनेमा ‘क्याप्टेन’को मुख्य पात्र इशान खड्काको नाम लिएर भने-‘यो लडाइँ नेपाल र भारतको फुटबल म्याचजस्तै हुनेछ । डराउनुपर्ने कारण छैन । नेपालसँग क्याप्टेन ईशान खड्का छ । सिनेमामा इशान खड्का नेतृत्वको नेपाली टोलीले खेलमा भारतलाई जितेको कथावस्तु क्याप्टेनमा छ ।

सिनेमाको उक्त पात्रको भूमिका अनमोलले निर्वाह गरेका छन् । घुमाउरो ढंगमा अनमोलले बक्स अफिस खेलमा समेत भारतीय सिनेमालाई हराउन आफु सक्षम रहेको संकेत गरे । उनको यस्तो अभिव्यक्तिमा पत्रकारले आत्मविश्वास की स्टारडमको घमण्ड ? भनेर प्रश्न गरेका थिए ।

पत्रकारको पश्नको जवाफ दिँदै अनमोल भने, ‘दर्शकको माया नेपाली सिनेमालाई रहने भन्दै डराउनुपर्ने कारण नभएको सुनाए ।’ अर्को एक प्रश्नमा अनमोलले ए मेरो हजुर ४ युवापुस्ताले नाक खुम्च्याउनुपर्ने सिनेमा नबनेको भन्दै ‘फ्यान्टास्टिक सिनेमा बनेको छ,’ उनले भनाई छ ।

झरना थापाद्वारा निर्देशित सिनेमाको कथा पनि झरना स्वयंमले नै लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।